Criteria to become a pjclub member
सदस्यताको योग्यता
क. फोटो पत्रकारको रुपमा सक्रिय रुपले कुनै पनि सञ्चारमाध्यममा ९ यस बिधानले व्याख्या गरे बमोजिम कम्तिमा १ वर्ष लगातार काम गरेको हुनु पर्ने ।
ख. कम्तिमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने । प्रवेशिका परिक्षा उतिर्णको हकमा कुनै पनि सञ्चारमाध्यममा कम्तिमा ३ बर्ष लगातार काम गरेको हुनु पर्ने ।
ग. सम्बन्धित संस्थाको सिफारिस पत्र पेस गर्नुपर्ने
घ प्रमुख पेसा फोटो पत्रकारिता भएको हुनुपर्ने छ ।
ङ. १८ वर्ष उमेर पुगेको नेपाली नागरिक हनुपर्ने छ ।
च. नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषि प्रमाणित नभएको ।
छ. मानसिक सन्तुलन ठिक भएको ।
ज. कुनै पनि कानूनले अयोग्य नभएको ।
झ. अन्य कुनै संस्थाबाट आर्थिक हिनामिनाको आरोप प्रमाणित नभएको ।
ञ . यस विधानले तोकेको कुनै पनि सञ्चार माध्यमसँग आवद्ध फोटो पत्रकार हुनुपर्ने छ ।
प. फोटो पत्रकारिता बिषय लिएर अध्ययन गरेको वा तलिम लिएको हुनुपर्ने छ ।